काठमाडौं ।
कारले ठक्कर दिँदा काठमाडौं महानगरपालिका–२७ कान्तिपथमा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहिबार बिहान बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनामध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।





