काठमाडौं ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड पाएका छन् ।
कार्तिक २४ गते एआईजी दानबहादुर कार्की आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन थियो । उक्त ठाउँमा ईश्वर कार्कीलाई मन्त्रिपरिषद्ले पदस्थापन गरेको हो ।
ईश्वर कार्की कोशी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए । सम्भवत् बुधबार दज्र्यानी चिन्ह लगाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड सम्हाल्ने एआईजी ईश्वर कार्कीको तयारी रहेको छ ।





