15 C
Kirtipur
Tuesday, November 25, 2025

ट्रकको ठक्करबाट ललितपुरको कुसुन्ती हाइटमा महिलाको ज्यान गयो

Must read

ललितपुर ।

ट्रकले ठक्कर दिँदा ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित रिङरोडमा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान ९ः४५ बजेतिर ना ६ ख ४९१७ नम्बरको ट्रकले बागमती प्रदेश–०२–०३२ प ४१७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक मोरङ घर भइ हाल सितापाइला सिभिल होम बस्ने ३९ वर्षीया पावर्ता लुइँटेल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि पाटन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

ट्रक चालक धादिङको धार्के गाउँपालिका–२ का २५ वर्षीय सनम तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article