15 C
Kirtipur
Tuesday, November 25, 2025

“स्पष्ट मार्गदशर्न नपाएपछि नैतिक कारणले पद छोडेँ” – काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट

Must read


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् । आइतबार विष्टले जिल्ला सभापतिको जिम्मेवारी छोड्दै पार्टी नेतृत्वले पटक–पटक उठाइएका समस्या र सुझावलाई बेवास्ता गरेकाले नैतिक आधारमा राजीनामा दिनुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

प्रदीप विष्टले प्रदेश समिति, प्रदेश इन्चार्ज र केन्द्रीय नेतृत्वलाई ६ पटक लिखित पत्राचार, ३ औपचारिक बैठक र धेरै अनौपचारिक संवादमार्फत वडा, पालिका र जिल्लाका समस्या तथा बेथितिबारे जानकारी गराए पनि कुनै स्पष्ट र प्रभावकारी निर्णय नआएको बताएका छन् । विष्ट भन्छन्, “हजारौं कार्यकर्ता, मतदाता र स्थानीय नेतृत्वलाई निरन्तर आश्वासन दिइरहनु मेरो नैतिक मूल्य र राजनीतिक सिद्धान्तले अनुमति दिँदैन ।”

राजीनामा पत्रमा विष्टले रास्वपामा प्रवेश गरेको कारण स्पष्ट गर्दै भनेका छन्, “म राजनीतिलाई पेशा वा नेता बन्न होइन, सेवक भएर देश निर्माणमा लाग्न आएको हुँ । रवि लामिछानेजीको निष्ठा र समर्पणले गर्दा पार्टीप्रति मेरो सम्मान अझ बढेको छ ।” विष्टले २०७९ मा रास्वपाले उठाएको ‘दल परिवर्तन होइन, मत परिवर्तन गरौँ’ अभियानले देशभरि उत्साह जगाएको र भावी पुस्ता जेन–जी अब प्रत्यक्ष राजनीतिमा प्रवेश गर्न सक्षम देखिएको उल्लेख गर्दै, अब आफू भने प्रत्यक्ष राजनीतिबाट विश्राम लिएर असल नागरिकको रूपमा जीवन, परिवार र व्यवसायतर्फ केन्द्रित हुने निर्णयमा पुगेको बताएका छन् । यद्यपि विष्टले पार्टीप्रति माया, सद्भाव र सफलता–कामना कायम रहने जनाएका छन् ।

प्रदीप विष्ट भन्छन्, “भविष्यमा रास्वपा नीतिगत मार्गदर्शनबाट सुदृढ राजनीतिक शक्ति बन्न सकोस्, यही अपेक्षा छ ।”

राजीनामा पत्रको अन्त्यमा प्रदीप विष्टले राजनीतिक यात्रामा कसैप्रति ठेस पुगेको भए क्षमा मागेका छन् । कीर्तिपुर निवासी प्रदीप विष्ट विवेक, सिद्धान्त र पारदर्शिताका कारणले पार्टी भित्रै राम्रो छवि बोकेका नेताको रुपमा परिचित हुनुहुन्छ । प्रदीप विष्ट २०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा रास्वपाबाट मेयर उम्मेदवारमा उठ्नु भएको थियो भने उहाँले भारी मत लिई नेपाली कांग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मीसंग प्रतिस्पर्धामा गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article