19 C
Kirtipur
Wednesday, November 19, 2025

दुर्गा प्रसाईं मध्यरातमा गिरफ्तार

Must read


काठमाडौं ।

प्रहरीले मध्यरातमा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई गिरफ्तार गरेको छ ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति गिरफ्तार गरेको हो ।

प्रहरीले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा गिरफ्तार गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

दुर्गा प्रसाईंले सोमबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेची–महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।

दुर्गा प्रसाईंका कारण भड्किन सक्ने सम्भावित हिंसा र असुरक्षाको अवस्था आउन नदिन उनलाई नियन्त्रणमा लिएको हो । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article