19.3 C
Kirtipur
Tuesday, September 16, 2025

नेवाः राष्ट्रिय परिषदले लगायो धादिङको धार्के सडकमा तारबार

Must read


– ललेन्द्र शाक्य
नेवाः राष्ट्रिय परिषदको नेतृत्वमा स्थानीयबासीले धादिङको धार्के सडकमा तारबार लगाएका छन् ।

नेवाः राष्ट्रिय परिषदलेनिजी जग्गा मिचेर मापदण्ड विपरीत सडक कालोपत्रे गरिएको भन्दै तारबार लगाइदिएका हुन् ।

धुनिबेसी नगरपालिका–५ मा पर्ने बिमला महर्जनको ३ रोपनी १५ आना २ पैसा जग्गामा मापदण्ड विपरीत पिच गरिएकाले विमला महर्जनलाई न्याय दिन तारबार लगाइएको जानकारी नेवाः राष्ट्रिय परिषदका अध्यक्ष सुमन सायमिले दिएका छन् ।

नेवाः राष्ट्रिय परिषदका अध्यक्ष सायमि भन्छन्, “बिमला महर्जनको जग्गा मापदण्ड अनुसार बाटोमा दिनुपर्ने जग्गा बाहेक बाँकी जमिन फिर्ता दिलाउन सडकमै तारबार लगाइएको छ ।”

तारबार गर्ने कार्यक्रममा परिषदका संयोजक अध्यक्ष सुमन सायमि, हलिं नेवाः गुथिका संस्थापक शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, विकास घिमिरे, बेबी राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article