22.2 C
Kirtipur
Tuesday, September 16, 2025

गोरखाका माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष लामा रोजगारीका लागि उडे विदेश

Must read

सरोज लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गोरखाका चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष हुन् । तर आफू वडाध्यक्ष पदमा रहेता पनि सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । वडाध्यक्ष लामाले सामाजिक संजालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको लेखेका छन् । वडाध्यक्ष लामाले सामाजिक संजालमा लेखेका छन्, “सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एकपटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो।” सरोज लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिएर रोजगारीका लागि जर्मनी गएको परिवारिक स्रोतले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले पनि वडाध्यक्ष लामा स्वदेश नफर्किने भनेर विदेश गएको जानकारी पाएको बताए । प्रमुख प्रशासकीय अधिकृत लामिछाने भन्छन्, “उहाँले लिखित रुपमा राजीनामा दिनुभएको छैन । कार्यवाहक तोकेर जानु भएको रहेछ । तर उहाँ नफर्किने रे भन्ने जानकारी आएको छ । यदि त्यसो हो भने, पछि राजीनामा पत्र पनि आउँला ।”

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article