21.6 C
Kirtipur
Tuesday, September 16, 2025

फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण : मिर्गौंला रोगसित लडिरहेका सांसद पेल्टोनन

Must read

३० वर्षीय फिनल्याण्ड संसदको सांसद इमेली पेल्टोननले आफ्नो प्राण त्यागेका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद हुन् । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु परेको थियो ।

सन् २०२३ को निर्वाचनमा पेल्टोननले ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । उनी संसदका केही समितिहरूमा काम गर्थे । साथै उनी जार्भेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कम उमेरका बोर्ड अध्यक्षसमेत थिए ।

एसडीपीकी नेतृ टायटी टुपुरैनेनले भनिन्, “इमेलीको मृत्युले हामीलाई अत्यन्तै दुःखी बनाएको छ । उनी सबैलाई निकै मन पर्ने नेता थिए । यति कम उमेरमा उनको निधन हुनु निकै पीडादायी छ ।”

पूर्व रक्षामन्त्री एन्टी क्याक्कोनेनले एक्समा लेखेका छन्, “इमेली एक होनहार सांसद थिए । उनी असाधारण रूपमा असल र दयालु व्यक्तित्वका धनी थिए ।”

हाल प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, यस घटनामा अहिलेसम्म कुनै आपराधिक पक्ष जोडिएको देखिएको छैन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article