21.6 C
Kirtipur
Tuesday, September 16, 2025

बागमती प्रदेशमा आज मंगलबार इन्द्र बानियाँ मुख्यमन्त्री नियुक्त हुने

Must read

हेटौंडा – नेपाली कांग्रेसका इन्द्र बहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री पदमा आज मंगलबार नियुक्त हुने भएका छन् । इन्द्र बानियाँले हिजो सोमबार मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए । बानियाँ नेपाली कांग्रेसको संसदीय दलका नेतामा निर्वाचित भएपछि मुख्यमन्त्रीमा दाबी गर्न हिजो सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

इन्द्र बानियाँलाई आज मंगलबार मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको तयारी रहेको छ । इन्द्र बानियाँनिकट उच्च स्रोतका अनुसार मुख्यमन्त्री पदमा नियुक्त भए आज मंगलबार अपरान्ह ४ बजे नै शपथ हुने भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article