21.6 C
Kirtipur
Tuesday, September 16, 2025

ए दाइचा पछि वैगु नुगलय्

Must read

लोकप्रिय नेपाल भाषाको “ए दाइचा छला सापहे झंग खनि” गीतकी गायिका कबिता जोशी श्रेष्ठको गायनमा पुनः नेपाल भाषाको नयाँ गीत “वैगु नुगलय्” सार्वजनिक हुने भएको छ । कीर्तिपुरका रचनाकार चण्डेश्वर महर्जनको शब्द, सुरेन्द्र श्रेष्ठको संगीत तथा जिवित जल्मीको संगीत संयोजनमा तयार भएको सो गीतको भिडियो कीर्तिपुरकै मगन इन्टरटेन्मेन्टको निर्माण तथा मगनकै युट्युव च्यानल मार्फत नै बैशाख ११ गते म्युजिक भिडियो सार्वजनिक हुने भएको हो ।

श्रीतिका श्रेष्ठको मुख्य भुमिका रहेको म्युजिक भिडियोमा कीर्तिपुरकै बरिष्ठ कलाकार लक्ष्मीकुमार महर्जनको अभिनय सँगै उनलाई ज्ञानी महर्जन, राजी किपू, पूजा महर्जन, लक्ष्मी महर्जन, सनिशा महर्जन, लजना महर्जन लगायतका कलाकारहरुले साथ दिएका छन् । रजिन महर्जनको छायांकन, निर्देशन तथा सम्पादनमा तयार भएको सो म्युजिक भिडियोमा सनिशा महर्जनको नृत्य निर्देशन समेतिएको छ भने, बिक्रम महर्जनले कला निर्देशन तथा संजिव रत्न शाक्यले कलर करेक्शन गरेका हुन् । ललितपुर, सिकाली स्थित नेवाः लाछीमा सम्पूर्ण छायांकन गरेको सो म्युजिक भिडियोमा रमेश माली तथा सुरेन्द्र महर्जन तापख्यमीले निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हालेको मगन इन्टरटेन्मेन्टले कीर्ति अनलाइनलाई जानकारी दिएको छ ।

भिडियो हेर्नका लागि लिंक

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article