नेवाः देय् दबू काठमाण्डौ जिल्ला समितिको चौथो अधिवेशन गत शनिवार सम्पन्न भयो । नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेवाः देय् दबूका संरक्षकहरुमल्ल के सुन्दर, नरेश कुमार ताम्रकार, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः देय् दबू, नेवाः समाज र नेवाः अधिकिारका बारेमा बोल्नु भएको थियो । बढानिलकण्ठ नगरमा भएको अधिवेशनको उद्घाटन समारोह पछि बन्दशत्रवाट सर्वसम्मतमा नयाँ नेतृत्व चयन गरेको थियो । नयाँ नेतृत्वमा अध्यक्ष धनबहादुर महर्जन तिमिला, उपाध्यक्ष श्रीजनमान श्रेष्ठ, उपाध्यक्षहरु रामभोला महर्जन र रविना श्रेष्ठ, सचिवहरु धनवीर महर्जन र सुनिता महर्जन, कोषाध्यक्ष धर्मराज शाक्य र सदस्यहरुमा राकेश खड्गी, सुनिल महर्जन, सुरेश शिलाकार, निर्मला सिंह, शर्मिला जोशी, कमला महर्जन, लक्ष्मी प्रसाद शाक्य, धर्मेन्द्र महर्जन, शम्भु मल्ल, मायादेवी महर्जन, विकास श्रेष्ठ, सूर्यमान डंगोल, राजकाजी श्रेष्ठ, कल्पना श्रेष्ठ, विनु श्रेष्ठ, शोभा लक्ष्मी ताम्रकार, संघ संस्थाको तर्फवाट तेजनारायण महर्जन, जातीय समाजको तर्फवाट दिल कुमारी महर्जनलाई सर्वसम्मत रुपमा चयन गरेको थियो ।
त्यसै गरि नेवाः देय् दबू नागार्जुन नगरको दोस्रो अधिवेशन माघ १९ गते सम्पन्न भयो । उक्त अधिवेशनले नगर समितिको अध्यक्षमा अजित पुतववार, बरिष्ठ उपाध्यक्ष विश्वराम बलामी, उपाध्यक्ष प्रकाश शाही, सचिव सजिन श्रेष्ठ, कोषाध्यक्ष रमेश मानन्धर, सदस्यहरुमा भाइकाजी बलामी, अर्पित पुतवार, सोनु पुतवार, सन्तकुमार नगरकोटी, हरिशरण मानन्धर, विकास मानन्धर, सुनिल नापित, सुरेन्द्र नगरकोटी, सिलकराम मानन्धर, बाबु कान्छाच, अष्ट बहादुर पुतवार, माइली महर्जन, रामसाइली नगरकोटी, मैंया श्रेष्ठ, दिना मानन्धर, रिता नगरकोटी र राकेश श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको थियो ।
त्यसै गरि गत माघ २३ गते नेवाः देय् दबू चन्द्रागिरी नगर समितिको दोस्रो अधिवेशनले नारायणकृष्ण महर्जनलाई अध्यक्षमा चयन गरेको छ । बरिष्ठ उपाध्यक्ष हरिकृष्ण महर्जन, उपाध्यक्षहरु लक्ष्मीप्रसाद श्रेष्ठ, मिना गोपाली, सचिवहरु अमिर श्रेष्ठ, सम्झना श्रेष्ठ, सदस्यहरु सम्पूर्ण महर्जन, नेशन महर्जन, रमिता महर्जन, नन्दकुमारी महर्जन, कुमार श्रेष्ठ, श्याम श्रेष्ठ, सविन महर्जन, सुरेन्द्र श्रेष्ठ, अनिता महर्जन र लक्ष्मीबहादुर महर्जनलाई सर्वसम्मतमा चयन गरेको थियो ।
नेवाः देय् दबूको काठमाण्डौ जिल्ला, नागार्जुन र चन्द्रागिरीमा अधिवेशन सम्पन्न
