विष्णुदेवी मन्दिर तथा दीप संरक्षण समितिले माघ १४ गते सोमवार कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोललाई स्मरण पत्र बुझाएको छ । भाजंगलको विष्णुदेवीस्थित पांगावासीको दीप र मन्दिर क्षेत्र संरक्षणा गर्न सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नु पर्ने माग गर्दै आएको समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले हस्ताक्षर गर्नु भएको उक्त पत्रमा यस्तो कुरा उल्लेख गरिएको छ ‘विष्णुदेवी मन्दिर तथा दीप संरक्षण गर्न विभिन्न मितिमा यस नगरपालिकाको कार्यालयले विभिन्न संस्थालाई पत्र पठाएको समेत समावेश गरि कीर्तिपुर नगरपालिकामा आवेदन गरीएको थियो तर त्यस सम्वनिध के कस्तो कार्य प्रगति भएको हो जानकारी नभएकाले यो स्मरण पत्र बुझाएको हो । हाल कीर्तिपुर नगरपालिका वडा नं. ७ चोभारस्थित सशस्त्र प्रहरीको दक्षिणतर्फबाट बाटो फराकिलो गरि सिल्खु खोलामा सेमत बाटो बनाउन खोजिउको देखिएको छ । खोलाको मापदण्ड अनुसार खोलालाई संरक्षण गर्नु पर्ने जनप्रतिनिधिहरुको कर्तब्यलाई पुरा गर्न यस्तो कार्यलाई रोक्नुहुन अनुरोध गर्दछौं ।’
सो क्रममा मेयर कृष्णमान डंगोलले नाप नक्सा साथै सिमाङकन गरी जे गर्नु पर्छ त्यो गर्न तयार रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘सिमाङकन गरी समुदायको भावना अनुसार अगाडी बढ्नेछु ।’


