20.8 C
Kirtipur
Tuesday, September 16, 2025

नेवाः देय् दबू दक्षिणकाली नगर समितिको दोस्रो अधिवेशन सम्पन्न

Must read

माघ, ६
नेवाः देय् दबू दक्षिण्काली नगर समितिको दोस्रो अधिवेशन पुष ५ गते शनिवार फर्पिङमा सम्पन्न भयो । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा विशेष अतिथिहरुमा उप मेयर बसन्ती डंगोल तामाङ र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, अतिथिहरुमा दक्षिण्काली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शैलेशमान मानन्धर, नेवाः देय् दबू काठमाण्डौ जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन तिमिला लगाएतको थिए ।
उक्त अधिवेशनले नेवाः देय् दबू दक्षिणकाली नगर समितिको अध्यक्षमा पुनः प्रेम कुमार श्रेष्ठ नै सर्व सम्मतमा निर्वाचित भएका छन् । त्यसै गरि उपाध्यक्ष कृष्णमान श्रेष्ठ, महिला उपाध्यक्ष छोरीमाया श्रेष्ठ, सचिव बाबुराजा श्रेष्ठ, कोषाध्यक्ष सेलिना श्रेष्ठ सहित जम्मा १७ जना कार्य समिति सर्व सम्मतवाट चयन भएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथिदेखि अतिथिहरुले नेवाःहरुका लागि दक्षिणकाली नगरमा देय् दबूसंग सहकार्य गर्दै अघि बढ्नुपर्ने साथै नेवाःहरुलाई संगठित बनाउनु पर्नेमा जोड दिएका थिए ।
यसैवीच शनिवार नै नेवाः देय् दबू ललितपुर महानगरपालिका अन्तर्गत वडा नं. २१ मा पनि वडा समिति गठन गरेको छ । विनोद महर्जनको अध्यक्षतामा गठन गरेको उक्त भेलाले १७ सदस्यीय कार्य समिति चयन गरेको छ । नेवाः वस्ती खोकनाको समितिको रुपमा रहेको उक्त वडा समितिको उपाध्यक्षहरुमा बाबुकृष्ण महर्जन, रविना मजर्हन, सचिवमा किरण महर्जन, सह सचिवमा नलिना महर्जन, कोषाध्यक्षमा अमला तुलाधर लगायत सबैजना सर्वसम्मनमा चयन भएका थिए ।
नेवाः देय् दबू ललितपुर महागर समितिका अध्यक्ष बुद्धरत्न शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जन, बरिष्ठ उपाध्यक्ष नविन थेच्वमि, राष्ट्रिय परिषद सदस्य सरण गोपाल महर्जन लगायत अतिथिको रुपमा सहभागी भएका थिए । प्रमुख अतिथि, अतिथिहरुले नेवाः देय् दबूको महत्व र नेवाः मुद्दाको बारेमा बोल्नु भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article