19.3 C
Kirtipur
Tuesday, September 16, 2025

१५ ओैं नेवाः एकता दिवसका लागि देय् दबूमा छलफल

Must read


नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको पहलमा नेवाः देय् दबू केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र उपत्यकाका पालिका समितिका नेतृत्वसंग नेवाः एकता दिवस मनाउने बारे पौष १९ शुक्रवार ब्यापक छलफल भयो ।
नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको विशेष उपस्थितिमा भएको उक्त भेलामा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका पदाधिकारी, काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका पदाधिकारीका साथै उपत्यकका पालिका नेतृत्वहरु सहभागी भएका थिए । आउदो पुष २४ गते तोखामा हुन गइरहेको १५ औं नेवाः एकता दिवसको महत्वको बारेमा देय् दबूका अध्यक्ष बज्राचार्यले बताउनु भएको थियो । कार्यक्रममा नेवाः देय् दबू तोखाका हेराकजि डंगोलले तोखामा हुन लागेको व्यवस्थापनको बारेमा जानकारी दिनु भएको थियो । त्यसै गरी नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोलले तोखामा हुने नेवाः एकता दिवस र नेवाः देय् दबूको बारेमा बताउनु भएको थियो । कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः एकता दिवस उत्सव र संघर्षको संयुक्त स्वरुप भएको बताउदै यसपालिको दिवसमा संविधान संशोधनको सवालमा नेवाःहरुको साझा विचार सार्वजनिक गर्ने कार्यक्रम रहेको बताउनु भएको थियो । नेवाः देय् दबूको संयोजनमा नेवाः खलः पुचः लगायत थीथी संघ संस्थाको संयुक्त आयोजनामा आउदो पुष २४ गते पोहेलाथ्व नवःमि बुधवारको दिनमा तोखामा १५ औं नेवाः एकता दिवस मनाउन लागेको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article