22.2 C
Kirtipur
Tuesday, September 16, 2025

नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन वाग्मती प्रदेश कमिटीका अध्यक्षमा कल्पना महर्जन

Must read


पौष २० गते शनिवार ललितपुरमा नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अन्तर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन भएको छ । भेलामा ४२ जनाको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश, खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामा, विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघको सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल, कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ भएका थिए ।
निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनु भएको छ भने काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित हुनुभएको छ दुबै कमिटी ९ जनाको निर्वाचित भएको छ। काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्ष श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित हुनुभएको छ सचिवमा सुवास सुवेदी कोषाध्यक्षमा हरिभक्त महर्जन सदस्यहरुमा शोभा सापकोटा थापा विजय प्रसाद बस्याल जित बुधवार गंगा थापा, मगर निर्वाचित हुनुभएको छ। वाग्मती प्रदेश कमिटीको उपाध्यक्ष रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभएको छ। सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर, मनीष महर्जन निर्वाचित हुनुभएको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article