कीर्तिपुर २ श्रावण , कीर्तिपुर नगरपालिकामा यसभन्दा अघिको पूर्व मेयर रमेश महर्जनको कार्यकालमा कीर्तिपुर ७ बाट २०७४ सालमा जननिर्वाचित वडा सदस्य प्रकाश सिंह महर्जनको आज बुधबार
राति २ बजे अकस्मात् निधन भएको छ ।
पूर्व मेयर रमेश महर्जनकै कार्यकालमा कीर्तिपुर नगरपालिका वडा ७ का वडाध्यक्ष राजकुमार मालीको निधन पश्चात् दिवंगत प्रकाश सिंह महर्जनले कीर्तिपुर नगर ७ वडामा कार्यकारिणी वडा अध्यक्षको भूमिका निभाई जनसेवामा समर्पित हुनुभएको थियो ।
मिजासिला, नरम व्यवहार एवं मिलनसार विकासवादी व्यक्तित्व प्रगतिशील विचारधारा भएका इतागोल निवासी दिवंगत प्रकाश सिंह महर्जन नेकपा एमालेका सदस्य हुन् । उहाँको निधनप्रति एमाले कीर्तिपुरले श्रद्धाञ्जलि अर्पण गरेको छ ।
यस दुःखद घडीमा दिवंगत प्रकाश सिंह महर्जको आत्माको चीर–शान्तिको कामना गर्दै शोकाकुल परिवारजनले धैर्यधारण गर्न सकोस् भनी कीर्तिपुर मिडिया हाउस एवं कीर्ति अनलाइन सम्पूर्ण परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
कीर्तिपुर वडा ७ का पूर्व सदस्य प्रकाश सिंह महर्जनको निधन
