19.3 C
Kirtipur
Tuesday, September 16, 2025

भलिबलमा योगदान दिने सम्मानित

Must read

गण्डकी, ७ भदौ : गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ ।

भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा,  भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो । आफ्नो जीवनकालमा भलिबलसँग जोडिएर योगदान दिएको भन्दै चारैजनालाई सङ्घका उपाध्यक्ष यामबहादुर गुरुङ, गण्डकीका अध्यक्ष नवीनकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङलगायतले सम्मानपत्रसहित सम्मान गर्नुुभएको हो ।

सम्मानित व्यक्तित्व पूर्व खेलाडी पराजुलीले आफ्नो जीवन खेलकुदमै समर्पण भएको उल्लेख गर्दै खेलमा सफलता पाउन दृढ इच्छाशक्ति चाहिने बताउनुुभयो । टाइगर ग्रुप पोखराका अध्यक्ष शर्माले भलिबलको उर्वरभूमि गण्डकीले आफ्नो खेलप्रतिको छविलाई जोगाउन यसको विकास र निरन्तरतामा जोड दिनुुपर्ने बताउनुभयो ।    

‘लौ आयो भलिबल’ गीतका गायक तथा सङ्गीतकार बानियाले खेलकुदका गीतको अभाव देखिएको परिवेशमा अहिलेसम्म एक दर्जन गीत पस्किएको बताउनुुभयो । गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष गुरुङले गण्डकीमा भलिवल सङ्घ तथा विभिन्न समूह, संस्थाको योगदान महत्वपूर्ण रहेको बताउनुुभयो । 
- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article