19.3 C
Kirtipur
Tuesday, September 16, 2025

‘म बन्दीपुरे भक्तपुरको’ सार्वजनिक

Must read

आफ्नो पुख्र्यौली भक्तपुर छाडेर लामो समयदेखि बन्दीपुरमा बस्दै आउनुभएका साहित्यकार मोहनबहादुर कायस्थको पुस्तक ‘म बन्दीपुरे भक्तपुरको’ सार्वजनिक भएको छ । सिर्जना अभियान समाज भक्तपुरले यहाँ आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा साहित्यकार कायस्थको ८४औँ पुस्तकको रूपमा ‘म बन्दीपुरे भक्तपुरको’ सार्वजनिक गरिएको हो । कार्यक्रममा ९५ वर्षीय बेलभक्त कायस्थ, साहित्यकार तिलकप्रकाश कायस्थ, डा विष्णुबहादुर भण्डारी, उत्तमनारायण मल्ल र धनमान श्रेष्ठले संयुक्तरूपमा कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा लेखक कायस्थले ४० सालदेखि आफ्ना कृति प्रकाशित हँुदै आएको उल्लेख गर्दै पुस्तकमार्फत समाजको चित्रण गर्ने गरेको बताउनुभयो । कार्यक्रममा डा विष्णुबहादुर भण्डारीले साहित्यकार कायस्थले ८० वर्षको उमेरमा ८४ वटा पुस्तक लेख्नु सहज नभएको भन्दै उहाँका सत्यमोहन जोशीमाथि लेखिएको पुस्तक, बन्दीपुरका जातजाति र साहित्यकारबारे लेखिएका खोजमूलक कृति निकै महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो । साहित्यकार तिलक प्रकाशले राजनीतिक कारणले गर्दा आफ्नो थातथलो छोडेर जानेका बारेमा पनि खोज अध्ययन गरेर लेखिनुपर्ने औँल्याउनुभयो । लेखक उत्तमनारायण मल्ल, धनमान श्रेष्ठ, साहित्यकार ध्रुव मधिकर्मी, विनोदराज ढुङ्गेललगायतले कृतिमाथि चर्चा गर्नुभएको थियो । –––

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article