25.3 C
Kirtipur
Wednesday, July 16, 2025

दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

Must read

चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी असार १,२ र ३ गते दाङमा आयोजना गर्ने भएको छ । मंगलवार बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य रवि अधिकारीले जानकारी दिनुभयो ।

महोत्सवमा बालबालिकासँग सम्बन्धित लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनी हुनेछ । साथै, चलचित्र ज्ञानसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ ।

“बालबालिका माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकालाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवमा नेपालका बालबालिका तथा उनीहरूले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुÞर्याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो”,सदस्य अधिकारीले भन्नुभयो ।

महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ खण्ड आयोजना हुनेछ । जहाँ स्थानीय झाँक्री र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन हुने सदस्य अधिकारीले जानकारी दिनुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article