21 C
Kirtipur
Wednesday, September 17, 2025

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

Must read

सिन्धुपाल्चोक। नेपाल–चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुँदै आइरहेको छ । केही समय अघिदेखि दुई देशका जिल्लास्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका विषयमा छलफल हुँदै आएको छ । 

यस्तैमा चैत ६ गते पनि तिब्बतको खासा अध्यागमन सभाहलमा ‘बोर्डर काउण्टरपार्ट’ बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सिन्धुपाल्चोक र चीनको खासा क्षेत्रका जिल्ला प्रशासन, अध्यागमन, तातोपानी भन्सार, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, चीनको न्यालम काउण्टी प्रशासन, अध्यागमन, सुरक्षा निकायका प्रमुखहरुबीच बैठक सम्पन्न भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले तातोपानी नाकालाई अझै सुरक्षित बनाउने, अापराधिक गतिबिधि रोकथाम, अवैध चोरी निकासीलाई निरुत्साहित पार्नेलगायतका विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । आगामी दिनमा पनि दुई देशबीच समन्वय र सद्भावलाई निरन्तरता दिने बारे पनि छलफल भएको उहाँले बताउनुभएको छ ।

२०७१ सालदेखि तातोपानी नाकाबाट आंशिक रुपमा मात्रै सामान आयात भइरहेको छ भने निकासी शून्य छ । खासा क्षेत्रबाट अहिले दैनिक दुईदेखि तीन वटासम्म मात्रै मालबाहक कन्टेनर तातोपानी नाका भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । उक्त नाकालाई व्यवस्थित र पूर्ण रुपमा सञ्चालनका लागि दुई देशका सरकारी अधिकारीहरु छलफलमा जुट्दै आइरहेका छन् । गाेरखापत्र

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article