19.3 C
Kirtipur
Tuesday, September 16, 2025

नेपाल–दक्षिण कोरिया सिधा उडान

Must read

काठमाडौं । विदेशी हवाई कम्पनीले भाडामा गरेको एकाधिकार भत्काउन नेपाल वायुसेवा निगमले नेपाल–दक्षिण कोरिया सिधा उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ।

दक्षिण कोरिया जाने यात्रुले अत्यधिक महँगो भाडा तिर्नुपरेको छ। सरकारले यो रुटको भाडादरमा हस्तक्षेप गर्नु आवश्यक रहेको आवाज उठिरहेका बेला निगमले दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडानको प्रक्रिया अगाडि बढाएको हो।

उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिकं) इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । समितिमा निगमको सेफ्टी, इन्जिनियरिङलगायत विभागको प्रतिनिधित्व रहेको छ। दक्षिण कोरियामा सिधा उडान सञ्चालनका लागि सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो।

निगमले दक्षिण कोरियामा सिधा उडान भरे ७० हजारदेखि बढीमा एक लाख ५५ रुपियाँसम्म भाडादर हुनेमा हाल विदेशी हवाई कम्पनीले त्यसको दोब्बर भाडा लिइरहेकाछन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article