19.3 C
Kirtipur
Tuesday, September 16, 2025

नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

Must read

काठमाडौं  । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए।

यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि हिजो पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेर राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको थियो।

नेपकिपाका संघ र प्रदेशमा गरी ४ सांसद छन्।

 नयाँ राष्ट्रपति चयनका लागि  आज मतदान जारी छ। संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरिसकेका छन्। मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध भएका छन्। 

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article