24.5 C
Kirtipur
Tuesday, September 16, 2025

सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका ३ प्राथमिकता निर्धारण गरी अगाडि बढायाे

Must read

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू नेतृत्वको सरकारले ३ वटा प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको बताएका छन्। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका ३ प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको छ प्रचण्डको भनाइ छ।

नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवम् जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको पनि उल्लेख गरे।

‘सरकारको यस कार्यभारलाई गम्भीरतापूर्वक ग्रहण गर्न, आम स्रोता र दर्शकसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न म नेपाल टेलिभिजन परिवारको ध्यान आकृष्ट गर्दछु,’ प्रधानमन्त्रीले भने। प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताए।

पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिने उनको भनाइ छ। सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमाको व्यवस्था गरिने पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article