20.8 C
Kirtipur
Tuesday, September 16, 2025

सातैवटा प्रदेशमा प्रहरी नायव महानिरीक्षक सरूवा

Must read

काठमाडौं । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको बिहीबारको निर्णयअनुसार १७ जना डीआइजी काज सरुवा भएका हुन्।

यस्तै, सातवटै प्रदेशमा प्रहरी प्रमुख परिवर्तन भएका छन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

मधेश प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी ल्याइएको छ। गण्डकी प्रदेशमा बुद्धिराज गुरुङको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत दीपक थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा काज सरुवा भएको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मा दिइएको छ। कर्णाली प्रदेशका पोषराज पोख्रेलको प्रहरी महानिरीक्षक सचिवालयमा काज सरुवा भएको छ।

डीआइजी भीमप्रसाद ढकाल कर्णाली प्रदेश पुगेका छन्। डीआइजी अशोक सिंहको सुदूरपश्चिम प्रदेशमा काज सरुवा भएको छ। यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग खटाइएको छ।

सन्दीप भण्डारीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा काज सरुवा गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख दुर्गा सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुर काज सरुवा गरिएको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article