19.3 C
Kirtipur
Tuesday, September 16, 2025

विश्वकपमा अमेरिका र इङ्ग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे

Must read

एजेन्सी । फिफा विश्वकप फुटबलमा अमेरिका र इङ्ग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह ‘बी’अन्तर्गत अल बायट स्टेडियममा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।

पहिलो हाफको सुरुमै इङ्ग्ल्यान्डका ह्यारी केनको प्रहारलाई अमेरिकी रक्षकले विलफल पारेका थिए । पहिलो हाफमै अमेरिकाका क्रिस्टियन पुलिसिचको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

दोस्रो हाफमा पनि दुवै टोलीको गोल गर्ने प्रयास सफल भएन । यस बराबरीसँगै समूह  ‘बी’ मा चारवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।

दुई खेलबाट चार अंक बनाएको इङ्ग्ल्यान्ड शीर्षस्थानमा छ । तीन अंक बनाएको इरान दोस्रो, दुई अंक बनाएको अमेरिका तेस्रो र एक अंक बनाएको वेल्स अन्तिममा छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article