20.8 C
Kirtipur
Tuesday, September 16, 2025

जोरपाटीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीपक्राउ

Must read

काठमाडौं । काठमाडौंको जोरपाटीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदारनाथ मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम अठराई गाउँपालिका–५ घर भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

  उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ११ लाख रुपियाँ जरिवाना सजाय ठहर भइ फरार रहेका मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । 

मिश्रले २०७७ भदौ २२ गते कामना सेवा बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । 

फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा मिश्रलाई पेश गरिकोमा अदालतबाट कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article