21 C
Kirtipur
Wednesday, September 17, 2025

यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपालकाे दाेस्राे जित

Must read

काठमाडौं । बंगलादेशको ढाकामा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपाली किशोरी टिमले लगातार दोस्रो खेलमा जित निकालेको छ। उपाधि दाबेदार बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्‍यो।  पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो। नेपालका लागि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी वर्षा ओलीले ८७ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो। 

यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले पराजित गरेको थियो। बंगलादेशले पनि भुटानलाई ८–० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। नेपालको फराकिलो जितमा वर्षाले ४ गोल गरेकी थिइन्।  जितसँगै नेपाल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। नेपालको दुई खेलबाट ६ अंक हुँदा बंगलादेशको तीन अंक रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश र भुटान सहभागि रहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने खेलमा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article