19.3 C
Kirtipur
Tuesday, September 16, 2025

महिला क्रिकेटको कांस्य पदक बागमतीलाई

Must read

पोखरा  । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ ।

पोखरा रंगशालामा मंगलबार बिहान भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८७ रन बनायो । ८८  रनको विजय लक्ष्य बागमतीले १६.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।   

बागमतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिनुभयो । उहाँले २१ बलमा एक छक्का र ६ चौका प्रहार गर्नुभयो ।  यस्तै अस्मिता खरेलले २०, अनिशा मजाकोटीले अविजित १० तथा कञ्चन श्रेष्ठले १० रन बनाउनुभयो ।

   बलिङतर्फ लुम्बिनीका लागि कृतिका मरासिनीले दुई तथा सुस्मिता भुषालले एक विकेट लिनुभयो । यसअघि लुम्बिनीका लागि ब्याटिङ गर्ने क्रममा सरस्वती जीएमले ३० रन बनाउनुभयो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  बलिङतर्फ बागमतीका लागि विपिशा शाहीले चार, खुसी डङ्गोलले तीन तथा सोनी पाख्रिनले दुई विकेट लिनुभयो

। आजै स्वर्णका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article