20.8 C
Kirtipur
Tuesday, September 16, 2025

शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र आर्मी क्लबले  २/२ स्वर्ण जिते

Must read

पोखरा । पोखरा सभाहलमा भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले  दुई/दुई स्वर्ण जितेका छन्। पहिलो दिन पाँच स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा एक स्वर्ण भने नेपाल पुलिस क्लबले हात पारेको छ।

पुरुष ५५ केजी तौल तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जिते। बागमती प्रदेशका दिनेश गोसाइले रजत र आर्मीका रमेश फोम्बोले कांस्य पदक पाए।  पुरुषकै ६० केजी तौलमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण जिते। एपीएफका किशन दिवाकरले रजत जित्दा लुम्बिनी प्रदेशका सुनिल आलेले कांस्य पाए। 

६५ केजी तौल समूहमा गण्डकीका अस्मिन गुरुङले आफ्नो टोलीका लागि दोस्रो स्वर्ण जिते। लुम्बिनीका नवराज डुम्रेले रजत र सुदूरपश्चिमका सुनिल चन्दले कांस्य पदक हात पारे।

७० केजी तौल समूहमा आर्मीका प्रज्ज्वलमान शाक्यले स्वर्ण हात पार्दा मधेस प्रदेशका किरण यादव र लुम्बिनीका विजेन्द्रमान श्रेष्ठले रजत र कांस्य जिते। ७५ केजी तौलमा नरेश मालाकार प्रथम हुँदै स्वर्ण हात पार्न सफल भए। मधेस प्रदेशका सनी आज्माले रजत र बागमतीका योगेशराज शाहीले कांस्य पदक प्राप्त गर्न सफल भए।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article