20.8 C
Kirtipur
Tuesday, September 16, 2025

काठमाडाैंका विभिन्न स्थानमा जुवातास खेलिहेका १६ पक्राउ

Must read

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफलस्थित वीरगंज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा खाजा घर सञ्चालक गोरखा, गोरखा नगरपालिका-१४ घर भएका २२ वर्षीय सन्दिप अधिकारी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक मकवानपुर घर भएका ४२ वर्षीय कृष्ण बहादुर लामा समेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रूपैयाँ र २१ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article