19.3 C
Kirtipur
Tuesday, September 16, 2025

क्रिमिया जोड्ने पुलमा विस्फोट गराएको घटनामा संलग्न आठ पक्राउ

Must read

एजेन्सी  । क्रिमिया जोड्ने पुलमा विस्फोट गराएको घटनामा संलग्न आठ जनालाई पक्राउ गरिएको रुसले जनाएको छ। रणनीतिक रुपले महत्वपूर्ण मानिएको सो पुलमा शनिबार ट्रक विस्फोट भएको थियो। जसलाई रुसले आतंकवादी हमला भनेको छ।   

रुसको एफएसबी सुरक्षा सेवाले समातिएका मध्ये पाँच जना रुसी र अन्य युक्रेनी तथा अर्मेनियाली नागरिक रहेको जनाएको छ।    रुसले सो घटना युक्रेनले गराएको आरोप लगाएको छ। सो आक्रमण आत्मघाती भएको दाबी पनि गरिएका छन्। जसमा ट्रक चालकसहित तीन जनाको ज्यान गएको थियो।  रुसले विस्फोटबाट क्षतिग्रस्त पुलको मर्मत गरिरहेको छ।   

सो आक्रमणको बदला भन्दै रुसले सोमबार राजधानी किभको केन्द्रसहित युक्रेनका प्रमुख सहरहरुमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो।  ती आक्रमणहरुमा १९ जनाको ज्यान गएको छ।   आक्रमणपछि युक्रेनले पश्चिमा शक्तिहरुसँग हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराइदिन हारगुहार गरेको छ। 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article