22.2 C
Kirtipur
Tuesday, September 16, 2025

ऐर र किशनको सानदार ब्याटिङमा भारत विजयी

Must read

एजेन्सी – श्रेयस ऐरको शतक र ईशान किशनको सानदार ब्याटिङमा भारतले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितको लागि २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा श्रेयस ऐरले १ सय ११ बलमा १५ छक्कासहित १ सय १३ रनको अविजित इनिङ खेले । उनको ओडिआई करिअरको दोस्रो शतक र उच्च प्रदर्शन हो ।

ईशान किशन ८४ बलमा ४ चौका र ७ छक्कासहित ९३ रनको आक्रामक इनिङ खेले । रिजा हेन्ड्रिन्सबाट क्याच आउट भएपछि उनी करिअरको पहिलो शतक बनाउन ७ रनले चुकेका थिए ।

तेस्रो विकेटका लागि ऐर र ईशान किशनले १ सय ५५ बलमा १ सय ६१ रनको सानदार शतकीय साझेदारीका साथ जितको आधार तय गरेका थिए ।


ओपनर शिखर धवन १३ र सुभमन गिल भने २८ रनमा आउट भएका थिए । गिलले २६ बलमा ५ चौका हाने । सन्जु स्यामसन ३६ बलमा १ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, वेन पार्नेल र ब्योर्न फोर्टुइनले एक एक विकेट लिए ।

त्यसअघि राँचीमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७९ रन बनाए ।

रिजा हेन्ड्रिक्सले ७६ बलमा ९ चौका र १ छक्कासहित ७४ रनमा आउट भए । तेस्रो विकेटका लागि एडेन माक्ररम र रिजा हेन्ड्रिक्सले १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर क्विन्टन डि कक ५ र जान्नेमान मलान २५ रनमा आउट भए । मलानले ३१ बलमा ४ चौका हाने । हेनरिक क्लासेन २६ बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भए । डेविड मिलर ३४ बलमा ४ चौकासहित ३५ रनमा अविजित रहे । वेन पार्नेल १६ र केशव महाराज ५ रनमा आउट भए ।

भारतका मोहम्मद शिराजले १० ओभरमा १ मेडनसहित ३८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । वासिन्टन सुन्दर,शहवाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले एक एक विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । हाम्राे खेलकुदबाट

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article