20.8 C
Kirtipur
Tuesday, September 16, 2025

नेपालले आज एसियन कप छनोटमा भियतनामसँग खेल्दै

Must read

काठमाडौं । नेपालले भियतनाममा भइरहेको १७ वर्षमूनिको एएफसी अण्डर १७ एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

अस्ति भएको पहिलो छनोट खेलमा थाइल्याण्डसँग पराजित भएको नेपाल आज सुधारिएको प्रदर्शनसँगै विजयी हुने लक्ष्य सहित मैदानमा उत्रदै छ । खेल नेपाली समय अनुसार अपरान्ह ५.४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालको १७ वर्ष मूनीको टोली थाइल्याण्डसंग ३-० गोल अन्तरले पराजित भएको थियो ।

छनोटको समूह एफ मा रहेको नेपालको समूहमा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । समूह एफ अन्तर्गत आजै हुने अर्को खेलमा थाइल्याण्ड र चाइनिज ताइपेइबीच प्रतिस्रपर्धा हुदैछ । यो खेलमा चाइनिज ताइपेइ विजयी भएमा र नेपालले भियतनामलाई पराजित गरेमा नेपालको छनोट सम्भावना कायमै रहनेछ ।

आजको खेल पछि अब नेपालले छनोट अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article