21 C
Kirtipur
Wednesday, September 17, 2025

एएफसी यू-१७ एसियन कप : नेपालको लक्ष्य छनोट

Must read

काठमाडौं । भियतनाममा बुधबारदेखि सुरु हुने एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपालको एउटै लक्ष्य छनोट छ ।

नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली अन्तिम युवा टोलीले राम्रो तयारी गरेकोले टोलीको अन्तिम लक्ष्य छनोट चरण पार गर्ने रहेको बताउनुभयो । ‘हाम्रो प्राथमिक लक्ष्य भनेको छनोट हुने नै हो । त्यसो हुन नसके कम्तीमा समूहमा दोस्रो हुने र छनोटको ढोका खुला राख्ने हामीले चाहेका छौं । समूहमा बलिया टिम छन् । हामी पनि बलियो नै छौं । हामी राम्रो खेल देखाउन चाहन्छौं । समूहका अन्य टिमका खेल हामीले देखेका छौं । तयारी राम्रो गरेर आएकोले छनोट हुने आशा गरेका छौं,’ श्रेष्ठले भन्नुभयो । 

उहाँले उमेर समूहमा लगभग सबै टिमको स्तर उस्तै रहने पनि बताउनुभयो । ‘सबै टिमका खेलाडी सिकाइकै क्रममा हुन्छन् । सबै टिमका किशोर खेलाडी जोसिला नै हुन्छन् । मुख्य कुरा खेलाडीले मैदानमा आफ्ना प्रशिक्षकले योजना बनाए अनुसारले खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो। जुन टिमले प्रशिक्षणमा तयारको योजना सफल बनाउँछ, त्यही टिमले नतिजा आफ्नो पक्षमा पार्छ,’ श्रेष्ठले भन्नुभयो । 

यस प्रतियोगिता नेपाली फुटबलका लागि आफ्नो स्तर र प्रतिभा देखाउने मञ्च रहेको पनि श्रेष्ठले बताउनुभयो । ‘यहाँ राम्रा खेल्न सके, एसियाली मञ्चमा नेपाली फुटबलले प्रतिस्पर्धा गर्नसक्छ भनेर फेरि एकपटक प्रमाणित हुनेछ। नेपाली टोली भियतनामी वातावरण र मैदानसँग घुलमिल हुने प्रयास छ । 

बिस्तारै खेलाडी रिकोभरी भएका छन् ।  सबै खेलाडी फिट छन्। हाम्रो योजना ४–३–२–१ संरचनामा खेल्ने हो । बल पाएका बेला आक्रमण गर्ने, नभए अनुशासित भएर रक्षात्मक खेल्ने। दुवै रणनीतिमा सम्हालिएर खेल्नेछौं, हतार गर्ने छैनौं सुरुवाती समयमा विपक्षीको खेल पनि बुझ्नुपर्छ। त्यसकारण हतार नगरी खेल्ने योजना हो। उनीहरु पनि सुरुमा त हामीलाई बुझ्ने कोसिस गर्लान्। त्यसकारण सुरुबाटै प्रेसिङ गेम नहुन सक्छ,’ श्रेष्ठले भन्नुभयो । 

छनोट खेलमा नेपाल समूह ‘एफ’मा छ । समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन् । नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईसँग खेल्नेछ । समूहको शीर्षटोली एसियन कपमा छनोट हुनेछ । गाेरखापत्र

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article