20.8 C
Kirtipur
Tuesday, September 16, 2025

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल लपु महानगरपालिका

Must read

काठमाडौं  । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा एक अर्ब ९५ करोड ५२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ६७ करोड ७१ लाख ३० हजार ७१२ रुपियाँ सङ्कलन गरेको हो । यो लक्ष्यको १३६ प्रतिशत हो । राजस्व सङ्कलनमा कडाइ गरेका कारण लक्ष्यभन्दा बढी सङ्कलन भएको महानगरले जनाएको छ । 

स्थानीय निकायले सङ्कलन गर्ने विभिन्न शीर्षकका करबापत ललितपुर महानगरले राजस्व सङ्कलन गर्ने गरेको छ । सम्पत्ति कर, घरबहाल कर, सवारीसाधन कर, विटौरी कर, विज्ञापन कर, मनोरञ्जन कर, नाता प्रमाणीकरण, घरजग्गा रजिस्टे«सन करलगायतमा कर सङ्कलन हुने गरेको छ । महानगरका राजस्व विभाग प्रमुुख पूर्ण थापाले गत वर्ष लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरिएको बताउनुभयो । 

सम्पत्ति करबापत २३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३५ करोड ३४ लाख ३१ हजार ३६५ रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ । यस्तै घरबहाल करबापत ४० करोड ४० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६० करोड ५१ लाख ५३ हजार ५०७ रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै व्यवसाय रजिस्टे«सन दस्तुुरबापत १० करोड ५० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा घटेर १० करोड ३४ लाख ७४ हजार ८०५ रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ । यस्तै अन्य राजस्व शीर्षकअन्तर्गत सरकारी सम्पत्ति बहालबाट प्राप्त आय, बोलपत्र फाराम बिक्री, नक्सा फाराम बिक्री, अन्य फाराम बिक्रीबापत ३५ करोड ७७ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ७१ लाख पाँच हजार ३९३ रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ । 

यस्तै अन्य सेवा शुुल्क दस्तुुरअन्तर्गत सफाइ महसुुल, पर्यटन सेवा शुल्क, सार्वजनिक सुविधा उपयोग सेवा शुुल्क, अचल सम्पत्ति मूूल्याङ्कन तथा आयस्रोत प्रमाणित शुुल्क र वारुणयन्त्र व्यवस्थापन सेवा शुल्क आठ करोड ४० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा घटेर चार करोड २३ लाख १६ हजार ५०१ रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ । यस्तै गत वर्ष आय शीर्षकमा १८ करोड ६२ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा २४ करोड ६४ लाख २९ हजार रुपियाँ सङ्कलन भएको छ । 

यस्तै महानगरको आन्तरिक स्रोतबाट एक अर्ब १२ करोड ५२ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ४५ करोड ३४ लाख ३० हजार ७४६ रुपियाँ सङ्कलन भएको छ । बाँडफाँट भई प्राप्त हुने विज्ञापन करबापत ४७ लाख १० हजार ६१२ रुपियाँ, मनोरञ्जन कर १६ लाख २४ हजार ८०८ रुपियाँ, घरजग्गा रजिस्टे«सन शुुल्कबापत एक अर्ब १३ करोड ५९ लाख ७५ हजार ६७६ रुपियाँ सङ्कलन भएको छ । यस्तै लागत सहभागितामा आठ करोड १३ लाख ७८ हजार ८७० रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ ।  

२४ करोड राजस्व सङ्कलन

ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्षको साउन र भदौ दुुई महिनामा २४ करोड ६५ लाख ७६ हजार ६७२ रुपियाँ राजस्व सङ्कलन गरेको छ । सो अवधिमा सम्पत्ति करबापत १८ करोड ४९ लाख ८५ हजार रुपियाँ सङ्कलन भएको छ । यस्तै भूूमिकर÷मालपोतबापत पाँच करोड ८२ लाख १८ हजार ९०२ रुपियाँ सङ्कलन भएको छ । चालू आर्थिक वर्षभरि दुई अर्ब ४० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको महानगरले जनाएको छ । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article