काठमाडाैं । सानुमैंया—शेरबहादुर स्मृतिमा सघाउ नेपालको आयोजनामा उपत्यकाव्यापी बाघचाल प्रतियोगिता असाेज ८ गते सम्पन्न भएकाे छ ।
असोज ३ गतेदेखि भएकाे प्रतियोगिता कीर्तिपुर ९ वडा ढोकासीटोलका पानभाइ पोडे, साथै दाेस्राे नुवाकोटका कीर्तिपुर—६ वडा पाण्डेछापका चन्द्रमान श्रेष्ठ र तेस्रो कीर्तिपुर नगरपालिका ३ वडाका कृष्णबहादुर महर्जन भएको छ ।
प्रमुख अतिथिका पूर्व युवा तथा खेलकूद मन्त्री, १० नं. क्षेत्रया निवर्तमान सांसद राजेन्द्रकुमार केसीले प्रथम दोस्रो तथा तेस्रो स्थान हासिल हुन सफल भएका खेलालीहरुलाई मेडल तथा ट्रफि प्रदान गरिएको छ ।
साथै कार्यक्रमका विशेष अतिथि कीर्तिपुर नगरपालिकाया उप—प्रमुख शुभलक्ष्मी शाक्य सुनितां प्रमाण—पत्र र नगद पुरस्कार वितरण गरिएको थियो ।
विशिष्ट अतिथि अनक कन्स्ट्रक्सनका अध्यक्षका साथै समाजसेवी श्रीराम महर्जनले बाघचाल प्रतियोगिताबाट सन्यासका साथै भक्तपुरका ७६ वर्षका दामोदर प्रजापतिलाई सन्यास सम्मान व ८७ बर्षका कीर्तिपुर—९ वडाका गायँचा महर्जनलाई ज्येष्ठ खेलाडी सम्मान गरिएको थियो । सो प्रतियोगितामा चालिस जनाले सहभागिता जनाएका थिए ।