20.8 C
Kirtipur
Tuesday, September 16, 2025

संगीतमय बनेकाे एम्स आर्टिष्ट फुटसल सम्पन्न

Must read

काठमाडाैं ।  एम्स आर्टिष्ट फुटसलको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम चन्दागिरी नगरपालिका वडा नं ९ मा अवस्थित मत्स्य रिकेसन सेन्टरमा सभ्य तथा भव्य रुपमा सम्पन्न भएकाे छ ।

साे कार्यक्रममा पुरुष तथा महिला विजयी खेलाडीहरुलाई ट्रफी, प्रमाण पत्रका साथ शिल प्रदान गत भाद्र ३१ गते वितरण गरिएकाे थियाे ।

सांगीतिकमय भएकाे  कार्यक्रममा निवर्तमान राष्ट्रिय खेलकुद विकास मन्त्री माननिय राजेन्द्र कुमार केसीज्यू प्रमुख अतिथि  तथा विशेष अतिथिहरुमा चन्द्रागिरी नगरपालिका वडा नं ९ अध्यक्ष अच्युत अधिकारी, सदस्यहरुमा गीता वोयलकोटी र मुना गोपाली रहनु भएको थियो ।

प्रमुख अतिति र विशेष अथिति ज्यूहरुवाट विजयी खेलाडीहरुलाई पुरुस्कार वितरण तथा विशेष ब्यक्तित्वहरुलाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रम आयोजक राजी महर्जन सवै कलाकर्मि, पत्रकार र सहयोगी हातहरुले दिल खोलेर सहयोग र साथ दिनु भएकोमा एम्स् संचालक समिति तर्फवाट मुरी मुरी अभिवादन गर्नु हुदै आउंदो दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गर्नु भयो । अन्तमा प्रमुख अथिति मा। राजेन्द्र कुमार केसी भन्नु हुन्छ।

आजको यो कार्यकमा राष्ट्रको गहना रुपी कलाकर्मिहरुको माझ उभेर विजयी खेलाडीहरुलाई पुरस्कार तथा विशेष ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा गर्भ लागेकाे धारणा राखे । ‘छरिएका कलाकर्मिहरुलाई एकै थलोमा समेतिएर मित्रता गांस्नु पनि एक प्रकारको उपलब्दी मुलक कार्य हो, यस्तो कार्यक्रमले निरन्तरता  पाउनु पर्नेमा जोड दिदै , आयोजक एम्स् इन्टरटेनमेन्ट संचालक समिति तथा सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभ कामना दिनु भयो ।

कार्यक्रमको प्रमुख आर्कषण बरिष्ठ गायक गायीकाहरुको गायन थियो भने उक्त गायनलाई सुनमा सुगन्ध ठप्ने कार्य कलाकारहरुको भावनात्मक नृत्यले थप उर्जा प्रदान गरेको छ भने डोर प्राइजको पनि छुटै आकर्षण बनेकाे थियो । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article