24.5 C
Kirtipur
Tuesday, September 16, 2025

एसीड प्रहारबाट घाईते भएकी महिलालाई पीड़क पक्षले मुद्दा फिर्ता लिन दबाब दिएपछि

Must read

वीरगंज । एसीड प्रहारबाट घाईते भएकी एक पीड़ित महिलालाई पीड़क पक्षले मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीड़ितले बताएकी छिन्।

२०७८ चैत्र ११ गते आफ्नै परिवारका ससुरा जवाहिर साह र जेठाजु रामबाबुले बुहारी कविता (सीता)पटेलमाथि एसीड प्रहार गरेका थिए।

पीड़ित पटेलले पीड़कहरुविरुद्ध अदालतमा मुद्दा दिएपछि पुर्पक्षका लागि कारागार चलान भई थुनामा रहेका छन्। पीड़कका पक्षबाट केहि राजनीतिक व्यक्तिहरुले पीड़ित पटेललाई मुद्दा फिर्ता लिन बारम्बार दबाव आइरहेको बताइन। मुद्दा फिर्ता नलिए भौतिक क्षति समेत पुर्याउने खालका धमकी आइरहेको पटेलले बताएकी छिन्।

पीड़ित पटेलका अनुसार पीड़कले टोलका चर्चित व्यक्तिहरू लगाएर मुद्दा फिर्ताको लागि दबाव दिने गरेको र फिर्ता नलिए अर्को क्षतिको लागि तयार रहन समेत धम्की आइरहेको बताउनु भयो। पछिल्लो पटक उनलाई फोनबाट आएको धमकीको कल रेकर्ड सार्वजनिक गरेकी थिईन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article