20.8 C
Kirtipur
Tuesday, September 16, 2025

समाज कल्याण परिषद्काे आफ्नै भवन नहुँदा उद्देश्य अनुसारको कार्य सम्पादन गर्न कठिनाइ

Must read

बिहीवार काठमाडौंमा समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सदस्यसचिव भट्टले सो कुरा बताउनुभएको हो । सदस्यसचिव भट्टले सहज रुपमा छिटाे काम सम्पन्न गर्नका लागि परिषद्को कार्यालयको स्थायी भवन व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गर्नुभयो ।

काठमाडौं । समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले परिषद्को आफ्नै भवन नहुँदा उद्देश्य अनुसारको कार्य सम्पादन गर्न कठिनाइ भएको गुनासो गर्नुभएको छ ।

उहाँले परिषदबाट आर्थिक वर्ष २०७८/०७९ मा परिषद् र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबीच दुई वटा नयाँ साधारण सम्झौता भएको र २७ वटा सम्झौता नवीकरण भएको तथा परियोजना स्वीकृति १४ सय ५४ वटा भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘परिषदबाट आर्थिक वर्ष २०७८/०७९ मा भएका मुख्य उपलब्धिमध्ये परिषद् र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबीच दुई वटा नयाँ साधारण सम्झौता भएको र २७ वटा सम्झौता नवीकरण भएको, परियोजना स्वीकृति १४ सय ५४ वटा भएको, परियोजनाबाट सम्झौता, स्वीकृति र अनुमोदन गरी जम्मा ७६ अर्ब ५१ करोड तीन लाख १९ हजार ४१४ बराबरको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी स्वीकृति भएको म यहाँ जानकारी गराउन चाहन्छु ।’’

सदस्यसचिव भट्टले परियोजनाबाट सम्झौता, स्वीकृति र अनुमोदन गरी जम्मा ७६ अर्ब ५१ करोड तीन लाख १९ हजार ४१४ रुपियाँ बराबरको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी स्वीकृति भएको पनि बताउनुभयो । उहाँले राष्ट्रिय गैर सरकारी संस्था आबद्धका १४ सय ८० वटा नवीकरण र आर्थिक वर्ष २०७८/०७९ को अन्त्य सम्ममा परिषदमा आबद्ध कुल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय गैर सरकारी संस्था आबद्धका १४ सय ३६ वटा, नवीकरण १४ सय ८० वटा र आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्ममा परिषदमा आबद्ध कुल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ पुगेको अबस्था छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको मूल्याङ्कन गर्नको लागि गत आर्थिक वर्षमा ३२ वटा र राष्ट्रिय गैर सरकारी संस्थाहरुको मूल्याङ्कनका लागि १०६ वटा टोली गठन भइ कार्य सुरुवात भइसकेको छ । यसको साथै कोभिड १९ को प्रतिकूल प्रभावका कारणले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको मूल्याङ्कन तथा अनुगमन कार्य सहज रुपमा बढाउन नसकिए पनि यस आर्थिक वर्षदेखि यो कार्यक्रम द्रुतगतिमा बढाइएको छ ।’’

उहाँले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको मूल्याङ्कन गर्नका लागि गत आर्थिक वर्षमा ३२ वटा र राष्ट्रिय गैर सरकारी संस्थाहरुको मूल्याङ्कनका लागि १०६ वटा टोली गठन भई कार्य सुरुवात भइसकेको जानकारी दिनुभयो ।

भट्टले परिषदको २०७८/०७९ को कुल स्वीकृत बजेट १८ करोड तीन लाखमध्ये १५ करोड ३३ लाख आठ हजार आय भएकोमा १४ करोड ६२ लाख १६ हजार खर्च भएको बताउनुभयो । उहाँले कुल स्वीकृत परियोजनाबाट १० हजार २५८ जनाले सङ्घ संस्थाहरुमा प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै राष्ट्रिय गैर सरकारी संस्थाले कोभिड प्रतिकार्यसम्बन्धी कोभिडमा खर्च गर्नेगरी ६४ करोड दुई लाख ९० हजार बराबरको रकम स्वीकृति गरिएको पनि बताउनुभयो ।

‘‘परिषद्को आय र व्ययको सन्दर्भमा २०७८/०७९ को कुल स्वीकृत बजेट १८ करोड तीन लाखमध्ये १५ करोड ३३ लाख ८ हजार आय भएकोमा १४ करोड ६२ लाख १६ हजार खर्च भएको छ । कुल स्वीकृत परियोजनाबाट १० हजार २५८ जनाले सङ्घसंस्थामा प्रत्यक्ष रोजगारी पाएका छन् भने राष्ट्रिय गैर सरकारी संस्थाले कोभिड प्रतिकार्यसम्बन्धी कोभिडमा खर्च गर्नेगरी ६४ करोड २९० हजार बराबरको रकम स्वीकृति गरिएको थियो । समाज कल्याण परिषद्को केन्द्रीय कार्यालय भवन लैनचौरबाट स्थानान्तरण भइ अस्थायी रुपमा पुल्चोकमा सेवा प्रवाह भइरहे पनि आवश्यक पर्याप्त स्थान अभावका कारण परिषद्को उद्देश्य अनुसारको कार्य सम्पादन गर्न कठिनाइ भइरहेकोले परिषद्को कार्यालयको स्थायी भवन व्यवस्थापनको लागि प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गर्दछु ।’’ उहाँले भन्नुभयो ।

सदस्यसचिव भट्टले समाज कल्याण परिषद्ले टेण्डरको माध्यमबाट आइआरआर र उपसमितिको प्रतिवेदन अनुसार भाडा वृद्धि गरी आर्थिक अवस्था सुदृढ गरेको र परिषद् आत्मनिर्भर हुँदै गएको बताउनुभयो । उहाँले सेवा छिटो छरितोका लागि परिषद्ले डिजिटलाइजेशनको सुरुवात गरेको जानकारी दिनुभयो ।
लामो समय यता अवरुद्ध रहेको एनजिओ, आएनजिओका अनुगमन तथा मूल्याङ्कनको प्रक्रियाको निर्देशिका संशोधन गरी सुचारु रुपमा सञ्चालनमा ल्याएको बताउनुभयो । सामाजिक उद्यमशीलतालगायतका क्षेत्रमा सामाजिक संस्थाहरुलाई परिचालन गर्ने नीति लिएको उहाँको भनाइ छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article