19.3 C
Kirtipur
Wednesday, September 17, 2025

ललितपुर महानगरपालिका पलेस्वाँ पुखूमा भवन बनाउन लागेकोमा स्थानीयद्वारा आपत्ती

Must read

ललितपुर । ललितपुर महानगरपालिकाको नजिक पलेस्वाँ पुखू (कमल पोखरी) निर भवन बनाउन लागेकोमा स्थानीयहरु तथा सम्पदाप्रेमीहरु घोर आपत्ती तथा विरोध जनाएका छन् ।

साे महानगरपालिका नजिक रहेको धार्मिक, सांस्कृकित तथा एैतिहासिक महत्व बाकेको कमल पोखरीमा नं टोल, पिम्बहाल छाबहाल, गाबाहाल, पाटन ढोका तथा पुल्चोकका स्थानीय बासिन्दाहरूले धार्मिक कार्य श्राद्व पश्चात पिण्ड दान गर्ने कार्यमा प्रयाेग हुने पाेखरीमा भवन निर्माण हुन लागेको कार्यले स्थानीय चिन्तित बनेका छन् ।

अहिले कमल पोखरी भएको स्थानमा भवन बनाउन लागेको विषयमा आपत्ति जनाउँदै ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन स्वंयम् सम्पदाप्रेमी हुदाँ हुँदा पनि सम्पदामा रहेको कमल पोखरीलाई नै मिचेर भवन बनाउन लागेको विषयमा पाटन सुन्धारा त्यागलका स्थानीय प्रमोदनाथ श्रेष्ठले परम्परागत कमल पोखरीलाई पोखरी नै कायम गर्ने पर्नेमा जाेड दिदै भवन निर्माण गर्न लागेकोप्रति खेद प्रकट गरेर विरोध जनाएका छन् ।

यस विषयलाई लिएर करिब १० वर्षदेखि धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरात्वातिकरुपमा महत्वपूर्ण रहेको थँबही (ठमेल)को कमल पोखरी मासेर बनाएको छाँया सेन्टर बिरूद्ध कमलपोखरी पुर्नस्थापना अभियानमा संघर्षरत सम्पदा बचाउँ अभियान्ता भागवत नर्सिङ प्रधानले यस्तो घृणित कार्यको घोर बिरोध आपत्ति जनाएका छन् । उनले यस्ता पुर्खासिर्जेका राष्ट्रको सम्पत्तिलाई संरक्षणमा स्थानीय सरकार लाग्नु पर्नेमा उल्टा स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि नै संलग्न रहनुको दुखेसो व्यक्त गर्दै अबिलम्ब कमल पोखरी नै कायम गर्नु जनाएका छन् ।

सामाजिक सञ्जालमा समेत यसै विषयलाई लिएर सम्पदा प्रेमीले काँग्रेसबाट ललितपुर महानगरपालिकामा दोश्रो पटक मेयर भएका चिरीबाबुको तालमा नेकपा एमालेबाट उपमेयर चन्चला शाक्य बज्राचार्यको नाच” बाट कटाक्ष गरेका छन् ।

सधैँ सम्पदाप्रेमीको रूपमा प्रस्तुत हुने एमाले उपमेयर चन्चला शाक्य बज्राचार्यले समेत कलम पोखरी मासेर भवन निर्माण गर्ने मेयर चिरीबाबु महर्जनज्युको निर्णयलाई मौन समर्थन गर्नुले उहाँपनि ढोँगी र सम्पदा बिरोधी नै भएको जनाएका छन ।

अझ रोचक विषय यो बनेको छ कि मेयर आफैले एक कार्यक्रममा स्थानीय तह २०७९ को निर्वाचनपछि साझा सवाल कार्यक्रममा ललितपुर महानगरपालिकाका  मेयर स्वयम्ले आफुहरु सानै छदाँ त्यहाँ फुल फुल्थ्याे दायाँ बाया सबै ठाउँमा अहिले बसिरहेकाे नगरपालिकाकाे पनि भवन समेत फुल फुल्थ्याे भनेर धारणा समेत राखेकाे थियाे । तर अहिले भवन बनाउने कार्यमा ललितपुर महानगरपालिकाका मेयर तथा उपमेयर अग्रसर हुँदा सम्पदा प्रेमी तथा स्थानीय व्यक्तिलाई आश्चर्यचकित भएका छन् । रीदेन महर्जन

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article