काठमाडौं । ओमानमा रहेका नेपालीहरूले नेपालको संविधान दिवस भव्य रूपमा मनाएका छन् ।
सोमवार शेराटन ओमान होटलमा रात्रीभोज सहितको कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको हो ।
उक्त कार्यक्रममा ओमानका राष्ट्रिय महोत्सव सचिवालयका महासचिव शेख सिबा हमदान बिन सिबा अल साअदी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा स्टेट काउन्सिल ९प्रतिनिधि सभा० र शुरा काउन्सिल ९राष्ट्रिय सभा० का दुई(दुई जना सदस्यहरू, परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिला हेर्ने सचिव, पश्चिम एशिया महाशाखा नि। प्रमुख लगायत विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू, विभिन्न सरकारी उच्च पदस्थ अधिकारीहरू, पत्रकार, उद्योग व्यवसायी, नेपाली समुदायका प्रतिनिधिहरू, राजदूतावासका कर्मचारी तथा परिवार गरी करिब २४० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत डोरनाथ अर्यालले संविधानको महत्वपूर्ण विशेषताहरू, नेपाल र ओमानबीच रहेको सुमधुर सम्बन्ध माथि प्रकाश पारेका थिए ।
साथै राजदूत अर्यालले राजनीतिक स्थायित्व पश्चात अहिले नेपालले आर्थिक, सामाजिक विकास तथा नेपालीहरूको समृद्धिको लागि आफ्नो प्राथमिकता र योजनाहरू केन्द्रित गरेको जानकारी गराए।
नेपालले छोटो समयमा नै विद्युत उत्पादनमा उल्लेख्य प्रगति गरेको र एक मेगावाट माथिका करिब २२० वटाभन्दा बढी आयोजना निर्माणाधीन अवस्थामा रहेको र यसबाट ७००० मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने तथ्य समेत राजदूत अर्यालले कार्यक्रममा बताए ।
राजदूत अर्यालले एकैसाथ थप निर्माण गरिएका दुई वटा अन्तरराष्ट्रिय विमानस्थलसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबाट पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुग्ने सुनाए ।
नेपाल विश्वका ठूला आर्थिक शक्ति राष्ट्रहरूको बीचमा रहेको र यसको रणनीतिक अवस्थिति व्यपार र लगानीको लागि ठूलो अवसरको रूपमा रहेको राजदूत अर्यालले बताए ।
नेपालको अत्यन्त रमणीय प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाहरूको बारेमा चर्चा गर्दै नेपाल पर्यटकका लागि आकर्षक गन्तब्य भएको उनले बताए ।
सो कार्यक्रममा प्रमुख अतिथि र राजदूतले संयुक्तरुपमा केक काटी संविधान दिवसको उत्सव मनाइएको थियो ।
साथै नेपाली फुड कर्नर स्थापना गरेर नेपाली खानाहरू जस्तै मोमो, चिकेन छोयला, अचार आदि पस्किइएको थियो ।
कार्यक्रममा नेपाली हस्तकला तथा उत्पादनका सामानहरू प्रदर्शन गरिनुका साथै सभा हलको भित्र र बाहिर ठूला(ठूला पाँचवटा मोनिटरबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने भिडियोहरू नियमित रुपमा प्रशारण गरिएको थियो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओमानबाट काठमाडौं जाने आउने तीनवटा र भैरहवा जाने आउने एउटा गरी चारवटा हवाई टिकट र चन्द्रागिरी हिल रिसोर्टमा दुई रात दुई(दुई जना बस्ने भौचर चिट्ठा मार्फत उपलब्ध गराइएको थियो ।
कार्यक्रमको संचालन यस नियोगका उप नियोग प्रमुखरद्वितीय सचिव सोमेश थापाले गरेका थिए ।