21.6 C
Kirtipur
Tuesday, September 16, 2025

आज साफ यु-१७ काे साफकाे फाइनलमा नेपालले भारतसँग भिड्ने

Must read

काठमाडौं । १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।

श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्न लागेकाे हाे।

बंगलादेशलाई २–१ ले हराएर भारतले फाइनल प्रवेश गर्दा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनल प्रवेश गरेकाे थियाे।

यसैबीच, नेपाली टीमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्। मंगलबार भएकाे प्रि–म्याच कन्फरेन्समा उनले भारतले बंगलादेशविरुद्ध उत्कृष्ट खेलेको र नेपालले पनि उत्कृष्ट नै खेलेको भए पनि फाइनल खेल कठिन हुने बताए।

नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article