24.5 C
Kirtipur
Tuesday, September 16, 2025

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु उच्चस्तरीय राजनीतिक भेटघाट गरिने

Must read

नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्।

उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने कार्यक्रम तय भएको छ।

ष्लखयतभअज
त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग होटल सोल्टीमा भेटवार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उनी बालुवाटार जानेछन्।

उनले भोलि बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ।

यसैबीच सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले चीनको राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गरेका थिए।

कयातधबचष्अबलष्अ
त्यसअघि नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस ९नेसनल पिपुल्स कङ्ग्रेस० बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सभामुख सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लीबीच द्विपक्षीय वार्तामा भएको सहमतिका आधारमा सोमबार ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिए।

सम्झौतापत्र अनुसार दुवैपक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूलभूत हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्।

अध्यक्ष लीको नेतृत्वमा आएको ६ जना चिनियाँ उच्चअधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार फर्कने कार्यक्रम रहेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article