21 C
Kirtipur
Wednesday, September 17, 2025

समुदायको नीतिले निरन्तरता नपाएमा सडकमा उत्रिने पूर्व मेयर शाक्यको चेतावनी

Must read

काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा समुदायको भावना अनुसार गरेका राम्रा कामलाई निरन्तरता दिने काम वर्तमान महानगरपालिको नेतृत्वले नगरेको अवस्थामा आफू सडकमा उत्रने चेतावनी दिएका छन् । पूर्व मेयर शाक्यले नेपाल भाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष पनि गरे । लहना मिडियाले विहीबार राजधानीमा आयोजना गरेको एक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महानगरपालिकाको मेयरको पाँच वर्षको पदावधि गत जेठ ५ गते सकिएपछि पूर्व मेयरको हिसाबले सार्वजनिक रुपमा शाक्यले बोलेको यो नै पहिलो पटक हो । पूर्वमेयर शाक्यले आफ्नो कार्यकालमा स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषामा पठन पाठनको व्यवस्था गर्ने काम गरेका थिए । त्यसै गरि महानगर भित्रका धेरै नै सम्पदा संस्कृति संरक्षणका गर्ने काम नगरेका थिए । उहाँकै कार्यकालमा काष्ठमण्डप जस्तो नेवाः समुदायको पहिचानलाई पुनः निर्माण गर्ने काम समेत गरेका थिए । लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कोरोनाले प्रभावित पत्रकार र नेवाः मिडिया हाउसको बारेमा भएको अन्तक्रियामा बरिष्ठ पत्रकार सुरेश किरण मानन्धर, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव सुनिल महर्जन, कोषध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, उपाध्यक्ष रचना श्रेष्ठ,पत्रकारहरु विराजकाजि राजोपाध्याय, विजयरत्न असंबरे लागयतले आ आफ्नो विचार राख्नु भएको थियो ।काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा समुदायको भावना अनुसार गरेका राम्रा कामलाई निरन्तरता दिने काम वर्तमान महानगरपालिको नेतृत्वले नगरेको अवस्थामा आफू सडकमा उत्रने चेतावनी दिएका छन् । पूर्व मेयर शाक्यले नेपाल भाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष पनि गरे । लहना मिडियाले विहीबार राजधानीमा आयोजना गरेको एक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महानगरपालिकाको मेयरको पाँच वर्षको पदावधि गत जेठ ५ गते सकिएपछि पूर्व मेयरको हिसाबले सार्वजनिक रुपमा शाक्यले बोलेको यो नै पहिलो पटक हो ।
पूर्वमेयर शाक्यले आफ्नो कार्यकालमा स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषामा पठन पाठनको व्यवस्था गर्ने काम गरेका थिए । त्यसै गरि महानगर भित्रका धेरै नै सम्पदा संस्कृति संरक्षणका गर्ने काम नगरेका थिए । उहाँकै कार्यकालमा काष्ठमण्डप जस्तो नेवाः समुदायको पहिचानलाई पुनः निर्माण गर्ने काम समेत गरेका थिए ।
लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कोरोनाले प्रभावित पत्रकार र नेवाः मिडिया हाउसको बारेमा भएको अन्तक्रियामा बरिष्ठ पत्रकार सुरेश किरण मानन्धर, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव सुनिल महर्जन, कोषध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, उपाध्यक्ष रचना श्रेष्ठ,पत्रकारहरु विराजकाजि राजोपाध्याय, विजयरत्न असंबरे लागयतले आ आफ्नो विचार राख्नु भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article