21 C
Kirtipur
Wednesday, September 17, 2025

अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा 

Must read

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार एक कार्यक्रमकाबीच खड्काले काठमाडौं क्षेत्र नं. २ ९ख० बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन्। उनले वर्षौं पुरानो खराब प्रवृत्तिबाट गुज्रिएका पार्टी र नेताहरुभन्दा युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पन आह्वान गरेका छन्।

उनले उम्मेदवारी घोषणा गर्दै भने, ‘मैले लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएँ। अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु। मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ। त्यसैले तपाईंहरुबाट निर्वाचित हुने अपेक्षा राखेको छु।’


स्वर्णपदक विजेतासमेत रहेका खड्काको यसमा क्षेत्रमा राम्रो प्रभाव छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article