22.2 C
Kirtipur
Tuesday, September 16, 2025

मुलुकको नयाँ संविधानमाथि अझै खतरा

Must read

सिमरा । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताएका छन्। 

सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाउँमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, ‘कांग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए पनि संविधान जोगाउन मिल्नुपरेको छ। अझ बलियो एकता बनाउनु पर्नेछ। निर्वाचनपछि थप दल पनि एकतामा आउनेछन्।’   किसान श्रेष्ठले मापदण्डअनुसार तनहुँ छोड्नुपर्ने नभए पनि रामचन्द्र पौडेलका लागि बारा–४ बाट उम्मेदवार बन्ने स्थिति हुनसक्ने उनको भनाइ छ। ‘जसले निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ, त्यसलाई हेर्नुपर्छ। अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन। जनताले यो कुरा बुझिसकेका छन्,’ मन्त्री चौधरीले भने। 

राम्रो मान्छे, दृष्टिकोण भएको मान्छे, पैसा देख्दा र्‍याल नचुहाउने किसान श्रेष्ठलाई जिताउने गरी प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिए।  एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो। ओली घमण्ड, कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले जनाए।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article