श्रीकृष्ण महर्जन नेवाः
भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजि भाषा बनाउनका लागि चैत्र महिना भित्र विधेयक तयार गरि संसदमा लाने भएको छ । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री एवं भाषा सम्वन्धी कार्यदलका संयोजक कुमारी मोक्तानले सो कुरा बताउनु भएको छ । कार्यदलको पहिलो बैठकवाटै बैशाखमा हुने प्रदेशको अधिवेशनमा विधयेक पेश गर्ने तयारीका साथ आफूहरु लागेको समते बताउनु भयो ।
करिव एक महिना अधि बाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्री मोक्ताङको संयोजकत्वमा सम्वन्धी मन्त्रालयका सचिव नै सदस्य सचिव हुने गरि प्रदेशको पर्यटन उद्योग सहकारी मन्त्री डम्बर तामाङ र श्रम तथा रोजगार मन्त्री एक लाल श्रेष्ठलाई सदस्यको रुपमा नियुक्ति गरेको थियो । भाषा विज्ञहरुपनि नियुक्ति गर्नुपर्ने अवस्थामा एक महिना पछि मात्रै तामाङ भाषा विज्ञको रुपमा अमृत योञ्जन तामाङ र नेपालभाषा विज्ञको रुपमा डा. ओमकारेश्वर श्रेष्ठलाई नियुक्ति गरि कार्यदलको पहिलो बैठकले नै चैत्र महिना भित्र विधयेक तयार गर्ने निर्णय गरेको हो ।
भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामाकाजिको भाषाको रुपमा लागू गर्नका लागि माग गर्दै नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश, नेवाः देय् दबू बाग्मती प्रदेश र तामाङहरुको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश समितिले संयुक्त रुपमा पहल गर्दै आएको थियो ।
चैत्र महिना भित्र विधयेक तयार गरि बाग्मनी प्रदेशको संसदमा लाने
