24.5 C
Kirtipur
Tuesday, September 16, 2025

नेपाल टी–२० क्रिकेट लिगकाे उपाधी लुम्बिनी अल स्टारकाे पाेल्टामा

Must read

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियनसिप हुन सफल भएकाे छ ।

लुम्बिनीले दिएको एक सय ३४ रनको विजय लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय नौं रनमा समेटिएको थियो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउनु भएकाे थियाे ।

पृथु बास्कोटाले ३१ र हुसेन तलतले १३ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा लुम्बिनीका हरमित सिंह र सागर ढकालले दुई दुई विकेट लिनुभयो । विपुल शर्मा र किशोर महतोले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि मिलन्थाले ४१ रन बनाउनुभयो । हरमित सिंहले ३०, कप्तान दीपेन्द्र सिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाउनुभयो ।

बलिङमा विराटनगरका राज नानन र नन्दन यादवले दुई दुई विकेट लिनुभयो । हुसेन तलत, कियोन जोशेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेलले एक एक विकेट झार्नुभयो । उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रुपियाँ प्राप्त गरेको छ । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो  ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article