19.3 C
Kirtipur
Wednesday, September 17, 2025

महत्वपूर्ण कागजहरु हस्तान्तरमा मुख्यमन्त्रीको प्रतिबद्धता

Must read

भाद्र १४ मंगलवार काठमाण्डौ वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई भाषा आयोगको सिफारिस अनुसार वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषा सरकारि कामकाजि भाषाको रूपमा कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण सम्वन्धित काजगाजहरु हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश ९काठमाण्डौ उपत्यका विशेष प्रदेश०का अध्यष श्रीकृष्ण महर्जनले सो पत्र हस्तान्तरण गरेका हुन । भाषा आयोगले गरेको सिफारिस, भाषा आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको पत्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयमा पठाएको पत्र साथै प्रदेशका लागि प्रस्तावित भाषा सम्वन्धि ऐनको नमुना समेत हस्तान्तरण गरेको थियो । नेवाः देय् दबू काठमाण्डौ जिल्ला अध्यक्ष धनबहादुर महर्जत तिमिला, नेकपा एकीकृत समाजवादीका युवा नेता रामेश्वर श्रेष्ठसमेत सहभगी भई काजपत्र हस्नतन्तरण गर्ने क्रममा मन्त्री पाण्डेले तत्कालै कार्यदल बनाई भाषा आयोगको सफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई कामाजि भाषा बनाउन प्रकृति अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले नेवाः देय् दबूको वाग्मती प्रदेश समिति र नेपाल तामाङ घेदुङसंग सहकार्य गर्दौ लामो समयदेखि भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको सरकारी कामकाज भाषाको रुपमा कार्यान्वयन गर्न अभियानका साथ साथै दबावमुलक कार्यक्रम गर्दे आएको थियो । सो कागजपत्र हस्तान्तरण गर्नु अघि मंगलवार नै मुख्यम्त्रीको निवासमा पुगी सो विषयमा ध्यानाकर्षण गर्ने साथै छलफल समेत भएको थियो । निवासमा भएको सो छलफल कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, उपाध्यक्ष उमेश स्थापित, सचिव मचाराजा महर्जन, स्वनिगः विशेष प्रदेशका बरिष्ठ उपाध्यक्ष नविन थेच्वमि, नेपा एीकृतका युवा नेता रामेश्वर श्रेष्ठ समेत सहभागी भएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article