20.8 C
Kirtipur
Tuesday, September 16, 2025

भक्तपुरका नगरका मेयर उपमेयरलाई सम्मान

Must read

भक्तपुरका नगरका मेयर उपमेयरलाई सम्मान नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश, भक्तपुर जिल्ला समिति र भक्तपुर नगर समितिले संयुक्त रुपमा भक्तपुर नगरपालिकाका मेयर उपमेयरलाई सम्मान गरियो । नेवाः परम्परा अनुसार असार ३१ गते शुक्रवारका दिन भक्तपुर नगरपालिकाकै भवनमा पुगी भिंतुना पौ अर्थात शुभकामना पत्र समेत प्रदान गरेको थियो । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीलाई सम्मान गरेको थियो । उहाँहरुलाई नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, भक्तपुर जिल्लाका अध्यक्ष नरेश नेवाः र भक्तपुर नगरका अध्यक्ष कृष्णप्रसाद प्रजापतिले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए । सो क्रममा नेवाः देय् दबू भक्तपुर जिल्लाका अध्यक्ष नरेश नेवाःले भक्तपुर नगरपालिकामा नेपालभाषालाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनु भयो । त्यसैगरि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले भाषा आयोगले समेत वागमती प्रदेशमा सरकारी कामकाजि भाषाको रुपमा नेपालभाषालाई सिफासिर गरिसकेको र अन्य नगरपालिकाहरुमा पनि स्थानीय भाषालाई सम्पदाकरु रुपमा लिई नेपालभाषाको माध्यामवाट पठन पाठनको व्यवस्था गर्नुपर्ने बताउनु भयो । सो क्रममा मेयर सुनलि प्रजापतिले भक्तपुर नगरपालिका नेवाः संस्कृति, सभ्यता र पहिचाका लागि नमुनाको रुपमा काम गर्न आफूहरु लागि परेको बताउनु भयो । त्यसैगरि उपमेयर रजनी जोशीले अनौपचारिक रुपमा नेपालभाषा र नेपाल लिपिसाथै रञ्जना लिपिको कक्षा संचालन गर्ने काम आफूहरुले गरिरहेको बतउदै नेपालभाषाको सवालमा आफूहरु सकारात्मक रहेको बताउनु भयो । कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष सुमन श्रेष्ठ, सचिव हरिबहादुर श्रेष्ठ, सदस्य नरेश श्रेष्ठ, जिल्ला सचिव जीवनपति श्रेष्ठ लगायतको सहभागीता थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article